मेलम्ची सुरुङ निर्माणको काम सकियो , आज औपचारिक रुपमा जानकारी गराइदैँ

काठमाडौ। मेलम्ची खानेपानी आयोजनाले आज एक कार्यक्रमका बीचमा सुरुङ निर्माण कार्य सम्पन्न भएको जानकारी गराउने भएको छ ।

आयोजनाले २६ किलोमिटर सुरुङ निर्माण पुरा भएको औपचारिकरुपमा जानकारी गराउने भएको हो । खानेपानी तथा सिंचाइमन्त्री विना मगरको उपस्थितिमा आज बिहान एक कार्यक्रमको आयोजना गरि ७ वर्षमा २६ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको जानकारी गराउने कार्यक्रम तय भएको छ ।

त्यसका लागि मन्त्री सहितको एक टोली बिहानै मेलम्ची प्रस्थान गरेको छ । गत मंगलवार नै सुरुङ निर्माण सकिएको भएपनि आयोजनाले आज विहान कार्यक्रम गरि सोको औपचारीक जानकारी गराउने भएको हो ।

अब बाँकी सुरुङ ढलानको काम ४ महिनामा भित्रमा सकिने आयोजनाले लक्ष्य लिएको छ । करिब १९ वर्षपछि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा पानी आउने निश्चीत भएको छ । दैनिक १७ करोड लिटर पानी ल्याउन आयोजनाले सुरुङमार्ग निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्