नेपाल ग्रामीण विकास बैंककोको एफपीओ बाँडफाँड

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको एफपीओ आज बाँडफाँड भएको छ । आज विहान बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट एफपीओ बाँडफाँड भएको हो । कम्पनीको शेयरमा आवेदन दिएका २ लाख ५० हजार ५२५ आवेदक मध्ये ९७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले भदौ २७ गतेदेखि ३० गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेको थियो । जसमा दुई लाख ५० हजार बढी आवेदकले दुई करोड ७५ लाख कित्ता बढीको आवेदन दिएका थिए् ।

प्रतिक्रिया दिनुहोस्