अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष, एक अर्ब विनियोजन

काठमाडौं, जेठ १५ ।  सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्ने भएको छ। त्यसका लागि एक अर्ब विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनेछ। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको उनले बताए।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै मन्त्री महतले कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिने बताए।

सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कार सम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिनेछ र प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्