तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताएका छन् ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलासुस्ती गर्नेलाई तत्काल कारबाही गर्ने भएको छ ।

माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाको निरीक्षण गर्न आज दोलखाको लामाबगरस्थित पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे कार्बाही गर्ने बताए ।

कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने सरकारको निति रहेको बताउँदै उहाँले निर्धा्रित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिए।

सो क्रममा उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये सबैभन्दा पहिला तामाकोशी जलविद्यूत आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे  ।

 

प्रतिक्रिया दिनुहोस्