नेपाल लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत बोनस पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।
साथै कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गरि कम्पनीले दश प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
अहिले कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीमा संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्