कर प्रणालीमा पुनरावलोकन गरिने
काठमाडौं, जेठ ५ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए। विद्यमान कर प्रणालीमा पुनरावलोकन गरिने उनको भनाइ छ। राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे।
राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको नीति छ।
प्रतिक्रिया दिनुहोस्