मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार, आरोपी प्रहरीको नियन्त्रणमा

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपलिका–२ ईङवुङ बस्ने ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

मंगलबार बेलुका ९ बजेतिर ४१ वर्षीया श्रीमती जिवनी नेम्वाङलाई ईन्द्रले मादकपदार्थ सेवन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरेहको छ भने ईन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सुनसरीको धरान–८ बस्ने ३६ वर्षीय गोपाल तामाङ खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई २३ वर्षीय छिमेकी विमल धामी लगायतको ३्४ जनाको समुहले बेलुका ९ बजेतिर खुकुरी प्रहार गरेको हो ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्