मौसम अझै तीन दिन बदली रहने !

काठमाडौं, जेठ ४ ।  जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ।

पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ। काठ‍माडौं उपत्यकामा बिहानैदेखि बादल लागेर हल्का वर्षासमेत भएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मौसमको यो अवस्था तीन दिनसम्मै जारी रहने मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्