मौद्रिक नीतिको समीक्षा निजी क्षेत्रले अपेक्षा गरेजस्तो छैन : अध्यक्ष ढकाल

काठमाडौं , बैशाख ३१ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको दाबी गरे । उनले चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताए ।

“राष्ट्र बैंकले बैंकको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिएपनि पाँच करोडमा मात्रै सीमित भयो, असार मसान्तसम्म बैंकको कर्जामा पाँच करोडसम्मको मात्रै पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,” उनले भने ।

उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा महासंघले दिएका सुझावहरू सम्बोधन नै भएनन् भन्न नमिल्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्