लुम्बिनी विकास बैंकको ६ लाख कित्ता सेयर वैशाख २ गतेदेखि लिलामीमा आउने

काठमाडौं । लुम्बिनी विकास बैंक (LBBL) ले ६ लाख एक हजार ३२५ कित्ता सेयर लिलामी गर्ने भएको भएको छ । बैंकले हकप्रदमा नबिकेको संस्थापक तर्फको ३ लाख ७९ हजार ३३६ कित्ता र २ लाख २१ हजार ९८९ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्ने भएको हो ।

लिलामी आवेदन गर्न इच्छुक ब्यक्ति वा संघ संस्थाले बैशाख २ गते देखि ९ गते सम्म आवेदन बुझाउन सकिने छ ।

बैंकको लिलामी बोल पत्र यस बैंकको सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल, पोखरा न्यूरोड र महेन्द्रपुल बिराटनगर बिरगंज, नारायणगढ, भैरहवा नेपालगंज, जनकपुर र बनेपा शाखा कार्यलयबाट पनि शिलबन्दी बोल पत्र पेश गर्न सिकिने ब्यवस्था गरिएको छ ।

लिलामीका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्