दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

शुक्रबार बिहान देशभर सामान्य बदली रहेको छ । त्यस्तै, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी र बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन- चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्