नेशनल लाईफ इन्स्योरेन्सको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’

काठमाडौं । नेपालको बीमा क्षेत्रमा सक्रिया रुपमा स्थापित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम” सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना बरिष्ठ अभिकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए ।
अभिकर्ताहरुको व्यक्तिव विकास, नविनतम उर्जा, व्यवसायिक दक्षता अभिवृद्धि र हौसला प्रदान गर्ने मुख्य लक्ष्यसहित ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’आयोजनाम गरिएको कम्पनीका सिनियर अफिसर पवन श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई चितवनको पर्यटकियनगरी सौराहा भ्रमण गराउने र नारायणी नदिमा संचालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने गराएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा भएको कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
सो अवसरमा प्रशिक्षक मनोज भट्टराईले अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षण प्रदान गरिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्