बझाङमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

काठमाडौं, बैशाख २० । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ ।

मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो ।

यार्सागुम्बा संकलन गर्न गएका उनको घर फर्किने क्रममा हिमपातमा परी कठ्यांग्रिएर बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

उनको मृत्युको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै, गत सोमबार सुर्मा गाउँपालिका–५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको पनि चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको थियो भने सुर्मा गाउँपालिका द्यौलिचौरकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्