सरकारद्वारा फेरि दुई सचिवको सरुवा

काठमाडौं।  सरकारले फेरि  दुई सचिवको सरुवा गरेको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई  पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको  सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यसअघि सरकारले गुपचुप ढंगले  ३० सचिवको सरुवा गर्ने  गरेको थियो भने सो सरुवाका सम्बन्धमा माओवादी मन्त्रीहरुले  तीब्र असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्