मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकियो, दशैंअघि नै पानी आउने

काठमाडौं।  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको छ ।

खानेपानी मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा  आयोजनाको सुरुङ खन्ने काम सकिएको जानकारी दिइयो ।
अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ बे्रक थ्रू भएसँगै आयोजनाको सुरुङ निर्माण कार्य मंगलबारबाट सकिएको खानेपानीमन्त्री  बीना मगरले जानकारी दिइन् ।

आयोजनाको सुरुङ निर्माणको काम ३ खण्डमा विभाजन गरेर सुरु गरिएको थियो । आगामी विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक थ्र्रू कार्यक्रम आयोजना गर्न लागिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए ।

आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ ।
विना मगरले दसंै अघि नै मेलम्चीको पानी काठमाडौंको घरघरमा उपलब्ध गराउने दावी पनि गरिन् ।

उनले  काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी घरघरमा पु¥याउने गरी पाईनलाईन विस्तारको कामलाई पनि तीव्रता दिइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्