थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको परीक्षणमा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्