थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं , बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार १६३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६५ जनालाई संक्रमण ठिक भएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिले सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ ।

जसमध्ये २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ५ जनाको आइसीयुमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्