मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं, बैशाख १३ ।  मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्