श्राद्धमा गएका तीन जनाको सप्तकोशीमा डुबेर मृत्यु

काठमाडौं, बैशाख १० । आफन्तको श्राद्धमा गएका झापा दमक ९ का दुई दाजुभाइसहित तीन जनाको सप्तकोशी नदीमा डुबेर मृत्यु भएको छ । आफन्तको श्राद्धमा गएका उनीहरु सप्तकोशीमा नुहाउन पसेका थिए ।

सप्तकोशीमा डुबेर मृत्यु हुनेहरुमा दमक नगरपालिका–९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उहाँका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईं रहेका छन् ।

गत बुधबार सप्तकोसी नदीमा नुहाउने क्रममा तीन जना बेपत्ता भएकोमा एकजनाको शव सोही दिन फेला परेको थियो । बेपत्ता भएका दुई जनाको शव भने शनिबार मात्र फेला परेको बताएको छ ।

बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्