मन्त्रीको नाममा बेरुजु !

काठमाडौं मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ । शाखाले केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ ।

शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ ।

सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले भन्नुभयो सांसद भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौं ।

प्रतिक्रिया दिनुहोस्