कोरोनाबाट एकैदिन दुईको मृत्यु, थप १७१ जनामा संक्रमण पुष्टि

काठमाडौं , बैशाख ५ ।  नेपालमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा दुई जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २२ सय ९२ जनाको नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३९७ पुगेका छन् । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्