फोहोर नउठाएको बालेनको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई

काठमाडौं , बैशाख ५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन० को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार तथा राष्ट्रपति कार्यालय शीतल निवासको फोहर नउठाएको भन्दै प्रमुख साहविरुद्ध सर्वोच्चमा अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए ।

अधिवक्ता श्रेष्ठले फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महानगरका प्रमुख साहलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र बिसर्जन गर्न रिटमा माग गरिएको छ ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेनले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्