मेलम्चीको सुरुङ अब सात मिटर मात्र बाँकी, आउँदो बिहीबार ब्रेक थ्रु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउँदो बिहीबार सकिने भएको छ । सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले बिहीबार सुरुङको ‘ब्रेक थ्रु’ गरिने आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले सुरुङको मुख्य काम लगभग सकिएको र अब एक दुई दिनमा बाँकी काम सक्नेगरी तयारी भइरहेको जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै विशेष कार्यक्रम गरी सुरुङको ब्रेक थू गर्ने तयारी छ ।

आउँदो दशैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको आयोजनाले दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्