ग्रीन डेभलपमेन्ट बैंकले साढे ६ लाख कित्ता सेयर लिलामी गर्दै
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले संस्थापक र साधारण गरि कूल ६ लाख ६२ हजार २९७ कित्ता सेयर लिलामी गर्ने जनाएको छ ।
बैंकले यसअघि निष्काशन गरेको चार सय प्रतिशत हकप्रदमा अवितरित भएकाे सेयर लिलामी लागेकाे हाे ।
बैंकले यसअघि पुस १६ गतेसम्म कायम सेयरधनीलाई माघ २ गतेदेखि फागुन २३ गतेसम्म एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्