मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश प्रस्ताव गर्यो
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित बोनस सेयर बैंकको आठौं बार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।
बैंक सञ्चालक समितिको आईतबार सम्पन्न २७९ औं बैठकले ८ करोड ६५ लाख ४६ हजार ७ सय रुपैयाँ बराबरको बोनस सेयर तथा ४५ लाख ५५ हजार ८९ रुपैयाँ ४७ पैसा नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
बोनस वितरणपछि डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख ८० हजार २ सय रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्