स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका मन्त्रीसँग अन्तरक्रिया गर्दै , कार्य सुचि यस्तो छ !

काठमाडौं  । स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तरक्रिया गर्दै छ । आगामी आर्थिक वर्ष २०७५-७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तरक्रिया गर्न लागेको स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो ।

आज र भोली काठमाडौंमा चल्ने अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृत सहभागि हुनेछन् । यस अघि हिजो शिक्षा मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग छलफल गरेको थियो ।

अन्तरक्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने मन्त्रालयका नीति योजना तथा अन्तरराष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । छलफलमा प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाइएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्