एसईई दिइरहेका ५२ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं, चैत २३ ।  मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर छ। पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका १९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको प्रधानध्यापक अकोश लुइँटेलले जानकारी दिए।

विद्यालयमा २ सय ९१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।सरस्वती स्कुलमा ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्