प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट १९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले बोनसपछि ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर कात्तिक २१ गते साधारण सभा गर्ने भएको छ ।

इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश बीमा समितिको अनुमति पश्चात कम्पनीको आगमाी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

इन्स्योरेन्सले ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस बाड्ने प्रस्ताव गरेको हो । त्यस्तै इन्स्योरेन्सले बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

इन्स्योरेन्सले लाभांश तथा साधारणसभा प्रयोजनका लागि कात्तिक ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनस र हकप्रदपछि कम्पनीको चूक्ता पूँजी एक अर्ब नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्