उम्मेदवारविरुद्ध उजुरी दिने समय आज
काठमाडौं, २१ चैत। बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भएमा उम्मेदवारविरुद्ध कुनै उजुरी भएमा आज त्यस विरुद्ध उजुरी त्यस विरुद्ध उजुरी दिन पाईनेछ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो ।
तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।
प्रतिक्रिया दिनुहोस्