इन्धनको मुल्य घट्यो, घटेको मुल्य आजैदेखि लागू
काठमाडौं, २१ चैत । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मुल्य घटाएर पठाएपछि नेपाल आयल निगमले पनि मुल्य समायोजन गरेको हो । यस अघि इण्डियन आयल कर्पाेरेशनलेबाट घटेर आएता पनि नेपालमा घटाइएको थिएन । नयाँ मूल्य आजदेखि लागू भएको छ ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०र१० रुपैयाँको दरले घटाएको हो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
त्यस्तै अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।
यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्