२४ घण्टामा थपिए ७६ कोरोना संक्रमित

काठमाडौं, चैत २०। नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पिसिआर परिक्षणबाट ४९ र एन्टीजेन परिक्षणबाट २७ जनालाई संक्रमण पुष्टि भएको हो ।

८०६ एन्टिजेन परीक्षण गर्दा २७ जनामा र ३४५ पीसीआर परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या २२७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्