प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन ९आ।व। २०७८र०७९०’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।
यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डां. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । यो सगै देशको राजनीतिक मुद्धाले पनि स्थान पाउन सभावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्