करेन्ट लागेर दाङमा एकजनाको ज्यान गयो

काठमाडौं । दाङमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

करेन्ट लागेर शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको हो । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको हो ।

करेन्ट लागी छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्