करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउनुपर्छ- अर्थमन्त्री डा. महत

काठमाडौं, चैत १७ ।  नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शपथग्रहण पछि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणपछि बोल्दै डा. महतले करदातालाई करको बोझ बढाएर भन्दा दायरा बढाएर अर्थतन्त्र सवल बनाउने बताएका छन् ।

उनले भने- ‘हाम्रा करदातालाई बढ्न दिनुको सट्टा यसलाई फराकिलो बनाएर हामीले बढी भन्दा बढी लगानी जुटाएर काम गर्नुपर्छ । लगानी बढाउन हामीले काम गर्नुपर्छ । अहिले लगानी प्रतिवद्धता कम भइरहेको छ । यसलाई सकारात्मक बनाउने मेरो पहल हुनेछ ।’

मन्त्री महतले पुँजीगत खर्च कम भएको भन्दै अर्थतन्त्र सुधार हुन पुँजीगत खर्च बढ्नुपर्ने बताए । साथै उनले अर्थतन्त्र सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

उनले विदेशी लगानीकर्ताको मन जितेर काम गर्ने पनि उनले प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्