एभरेष्ट इन्सुरेन्सको १०५ बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, पुँजी पुर्याउन यसरी हुँदैछ तयारी

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको १०५ बोनस सेयर र ६ लाख ३९ हजार ४७४ रुपयाँ नगद लाभांश सुरक्षित गर्ने आइतबार चैत २५ गते अन्तिम दिन हो ।
कम्पनीले वैशाख १० हुने सभामा १०५ बोनस र कर तिर्न नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि यो इन्सुरेन्सले सोमबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ ।

, बोनस र नगद सुरक्षित गर्न आइतबारसम्म एभरेष्टको सेयरधनी कायम रहेको हुनुपर्नेछ । सभामा कम्पनीले संस्थापक हिस्सा ५१५ बनाउन पहिला १०५५ संस्थापक हकप्रद र यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००५ हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

एभरेष्टले १०% बोनसपछि कायम हुने १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीमा १०५% संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम पुँजीमा अर्को ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ३००% हकप्रद जारी हुनेछ । यसरी बोनस र हकप्रदपछि यो इन्सुरेन्सले चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुर्याउनेछ ।

सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउसो २ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्