भाटभटेनीको आगलागी चार घन्टापछि नियन्त्रणमा , मुख्यमन्त्री शंकर पोखरेलद्धारा अवलोकन

काठमाडौं ।  बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बुटवल उप – महाननगरपालिका , सिद्धार्थनगर नगरपालिका , तानसेन नगरपालिका र परासी नगरपालिकाका दमकल , नेपाली सेना , ससस्त्र प्रहरी , नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा आए पनि क्षतिको पुरा विवरण आउन समय लाग्ने बताइएको छ ।

बिहान पाँच बजेदेखि सुपर मार्केटको सबैभन्दा माथिको तल्लाबाट आगो लाग्न सुरु भएको थियो । आगलागी भएको भाटभटेनीको मुख्यमन्त्री शंकर पोखरेलले अवलोकन गर्नुभएको छ ।

गएको बैशाखबाट बुटवलमा भाटभटेनी सुपरमार्केटले आफ्नो व्यवसाय सुरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्