हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

काठमाडौं । हिन्दु धर्म प्रचारक गुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । छातीमा गोली लागेका श्रीनिवासको गम्भिर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा  रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिए ।

सप्ताह लगाउनको लागि राम जानकी मन्दीरमा आएका उनलाई गोली प्रहार भएको जनाईएको छ । यस बारेमा प्रहरीले केही जानकारी दिएको छैन ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । घटनाको बिस्तृत बिवरण आउन बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्