बुटवलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी ,नियन्त्रणको प्रयास जारी

काठमाडौं । बुटवलको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । बुटलवको सुख्खानगरमा रहेको सुपरमार्केटको चौथो तल्ला बिहानैदेखि लागेको आगो दुईवटा दमकलको सहायतामा सुरक्षाकर्मी र स्थनीय बासिन्दाले निभाउने प्रयास गरिरहेका छन् ।
आगलागिको कारण अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

सुपरमार्केट बुटवलमा गतवर्ष बैशाख १ गतेदेखि सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्