बचत अनिवार्य गर्न गभर्नर अधिकारीको सुझाव

काठमाडौं,चैत ६ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्।

सोमबार राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह २०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपालमा बचत गर्ने भन्दा पनि बढी खर्च गर्ने प्रवृत्ति रहेको उनले बताए। मुद्रा बचत गर्न जरुरी रहेको भन्दै उनले बचतबाट नै आम्दानी बढ्ने दाबी गरे। गभर्नर अधिकारीले मानिसहरूसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्नु अनिवार्य रहेको सुझाव दिए।

राष्ट्रिय बचतको अनुपातका आधारमा हेर्दा बचतको दर कमजोर रहेको उनले जानकारी दिए। गभर्नर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सक्ने बताए।

उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूका बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्