प्रधानमन्त्री ओलीको भारत भ्रमणको नयाँ आयम यस्ता छन्ः (कृषि, जलमार्ग, रेल मार्ग र पाइपलाईनमा विशेष महत्व)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणको क्रममा नेपाल र भारतबिच १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्नेसहित नयाँ आयममा सहमती भएको छ ।
यी तीनै विषयमा छुट्टाछुट्टै समझदारी समेत भएको छ । कृषिसम्बन्धी समझदारी अनुसार अब नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने सहमती गरेको छ । त्यस्तै, दुबै पक्षले निर्यातमा समेत जोड दिनेछन्। दुबै पक्षले माटोको स्वास्थ्य तथा नयाँ बिऊ बिजन उत्पादनमा समेत अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ ।

त्यस्तै, आज भएको जलमार्गसम्बन्धी समझदारी अनुसार नेपालले अब कार्गाेहरूको ढुवानी जलमार्ग मार्फत गर्न पाउने छ । उक्त समझदारीमा भनिएको छ– ‘व्यापार तथा पारवहन सम्झौता अन्तर्गत रहेर जलमार्ग मार्फत कार्गो ढुवानीका लागि भारतले नेपाललाई समुन्द्रसम्मको पहुँच दिने ऐतिहासिक समझदारीमा दुई प्रधानमन्त्री सहमत छौँ।’

जलमार्गसम्बन्धी व्यवसाथा समेट्न दुई देशबीच व्यापार तथा पारवाहन सम्झौता संशोधनका लागि आवश्यक गृहकार्य गर्ने समझदारी समेत भएको छ।

त्यस्तै, नेपाल र भारतबीच एक वर्षभित्रै काठमाडौं र रक्सौल जोड्ने रेलको सम्भाव्यता अध्ययनको सहमति भएको समेत भएको छ । रेलको सर्वे भारतले गर्नेछ । सर्वेपछि दुई मुलकको आपसी समझदारीमा लगानीको मोडल र विस्तृत परियोजन निर्माण अगाडि बढाइने समझदारमिा उल्लेख छ ।
त्यस्तै, नेपाल र भारतबीच तीन नयाँ ठाउँबाट भारतीय रेल नेपाल जोड्न समझदारी भएको छ । जलपाइगुडीबाट काकडभित्ता, नौतनवाबाट भैरहवा र नेपालगञ्जमा भारतीय रेल जोड्ने समझदारी भएको छ । दुई प्रधानमन्त्रीले सन् २०१८ भित्रै नै जयनगरदेखि जनकपुर र जोगबनीदेखि विराटनगर रेल निर्माण सम्पन्न गर्ने समझदारी भएको छ।

संयुक्त वक्तव्यमा भारतले नेपालमा सञ्चालन गरिरहेको आयोजनाहरूलाई गति दिने उल्लेख छ सहमती गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ‘सबैको साथ सबैको विकास’ नीति अनुसार छिमेकीहरूलाई सहयोग गर्ने जनाएको छ ।

ओलीले भने नेपालमा ऐतिहासिक परिवर्तन भएको उल्लेख गर्दै आर्थिक विकासका लागि नेपालले समृद्ध नेपाल, सुखी नेपाली नारा बनाएको बताएका छन् ।
संयुक्त वक्तव्यमा दुई पक्षबीच उच्च राजनीतिक भेटघाटलाई निरन्तरता दिने समेत वक्तव्यमा उल्लेख छ ।
यस भ्रमणले नेपालर भारतबीचको असमझदारीलाई हटाएको र नेपालको राजनीतिक, आर्थिक, र पूर्वाधार विकासलाई निकै नै फलदायी भएको विश्लेषण गरिएको छ । राष्ट्रघाती अन्य आन्तरीक सहमती नगरेको भएमा ।

प्रतिक्रिया दिनुहोस्