“आइएमई पे”को नयाँ अफर– “५ को ५”बाट अब ईयरबड्स जित्ने मौका
काठमाडौं, ५ चैत । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गते सम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनु हुनेछ । यसका साथै, हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउनु हुनेछ । सो रकम विजेताको वालेटमा लोड हुनेछ ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको हो ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोवाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पे ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्