काठमाडौंमा आज दिउँसो पानी पर्ने सम्भावना

काठमाडौं, चैत ३ ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशभर आंशिक बदली रही कोशी प्रदेश, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज काठमाडौंमा दिउँसो १/२ बजेपछि वर्षाको सम्भावना छ । राति पनि देशभर आंशिक सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

अबका एक/दुई दिन देशभर मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्