वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन दिल्लीबाटै

काठमाडौ । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । जुन नेपाल र भारतको सीमामा बनाइएको छ । यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै गरेका छन् ।

सो आईसीपी निर्माण हँदा भारत सरकारको १अर्ब ३९ करोड रुपैयाँ लागत परेको थियो । वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ, यो जाँच चौकी ।
यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा हो यो ।
यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास छ ।
आईसीपीमा अध्यागमन, सुरक्षा,भन्सार, गोदाम, होटेलहरु ,बैंक, , पशु र वनस्पति क्वारेन्टाइन प्रयोगशाला लगाएतका सुविधा एउटै ठाँउभित्र रहन्छन् ।

यो कार्यान्वयनमा भएपछि भन्सार नाकामा हुने गरेको मालवाहक सवारीसाधनको जाम तथा कमिसनको कारोवार घट्ने अनुमान छ । सन् २०११ देखि निर्माण शुरु भएको आईसीपीको काम प्रारम्भिक सम्झौताअनुसार अक्टोबर २०१३ मा पूरा भइसक्नुपर्ने थियो ।

 

प्रतिक्रिया दिनुहोस्