प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ् अनर प्रदान (फोटो फिचर)

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा गार्ड अफ अनर दिईएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवन परिसरमा भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई स्वागत गरेका थिए । गार्ड अफ अनर प्रदान गरिसकेपछि समारोहमा उपस्थित नेपाली प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुसँग मोदीले परिचय गरेका थिए ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।

उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी पनि दिए ।

गार्ड अफ अनर ग्रहणपछि प्रधानमन्त्री ओलीले महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।

तस्बिर -भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारकाे ट्विटरबाट

प्रतिक्रिया दिनुहोस्