मेगा बैंकले थप गर्यो हकप्रद भर्ने म्याद

काठमाडौं । मेगा बैंक लि.ले बिक्री गरीरहेको हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप गरेका छन् । बैंकको ६५ प्रतिशत हकप्रद शेयर भर्ने म्याद असोज ३० गते अन्तिम थियो ।

मेगा बैंकले जारी गरेको ६५ प्रतिशत १० बराबर अर्थात ६.५ को अनुपात हकप्रद म्याद थप गरि कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइने भएको छ ।

भदौ २७ गतेदेखि निष्कासन खुला गरिएको हकप्रद शेयरमा असोज ३० गतेबाट बढाएर बैंकले कात्तिक १४ पुर्याएको छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्