देवः विकास बैंकको सोमबारदेखि ४०% हकप्रद सेयर आउँदै , कहाँ गएर भर्ने ?

काठमाडौं । देवः विकास बैंकले चैत २६ गते  देखि ४०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको । बैंकले १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर बेच्न लागेको हो ।
हकप्रद भर्ने अन्तिम म्याद वैशाख ३० गते छ । हकप्रद ल्याउन देवःले फागुन १७ गते नै बुक क्लोज गरिसकेको छ । फागुन १६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटल मार्केटले गर्दैछ ।
लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंसहित लगनखेल र पोखरा शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, देवः विकास बैंकको अधिकांश शाखा कार्यालयबाट पनि भर्न पाइनेछ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्नेछ ।
हाल देवः को चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपैयाँ १० पैसा छ ।

राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । यही पुँजी पुर्याउन देवः ले हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा देवःले १४ करोड ६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्