काठमाडौंलगायत पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० ।  काठमाडौंसहित पहाडी र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको छ ।

स्थानीय वायुको प्रभावका कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

प्रि-मनसुनको समयमा स्थानीय वायुको प्रभाव दिउँसो पछि बढी सक्रिय हुन्छ । यही कारण दिउँसो पछि मेघगर्जन र चट्याङ पर्ने सम्भावना धेरै हुने उनले बताए ।

आज काठमाडौं उपत्यका र पहाडी जिल्लासहित पश्चिम तराईका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । सोमबार बेलुका काठमाडौं उपत्यका र आसपाससहित पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि परेको थियो ।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस रहेको मौसमविद् झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्