हिमालय उर्जाले १० करोड रूपैयाँको आईपिओ जारी गर्न दियाे बाेर्डमा निवेदन
काठमाण्डाैं । हिमालय उर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागि ९ करोड ९० लाख रुपैयाँको साधारण सेयर जारी गर्ने भएको छ ।
निजी क्षेत्रबाट प्रर्वद्धित हिमालय ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि जारी पूँजी ९९ करोडको रुपैयाँको १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ ।
हिमालय उर्जाले सेयर जारी गर्नको लागि माग गर्दे धितोपत्र बोर्डमा चैत २१ गते निवेदन दर्ता गरेको हो । आईपिओ जारी गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
आयोजना प्रभावित बासीन्दालाई सेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण जनताका जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीका प्रवन्धक प्रकाश दुलालले बताए ।
एक हजार चार सय सेयरधनी संस्थापक सेयरधनी रहेको कम्पनीले संस्थापक तर्फको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रूपैयाँ चुक्त्ता गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्