मौसमका कारण उडानहरु प्रभावित, विमानस्थलमा यात्रुको घुइँचो

काठमाडौं । त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको उडानहरु प्रभावित हुँदा यात्रुहरु समस्यामा परेका छन् ।
बिहानैदेखि माउन्टेन फ्लाइटबाहेकका आन्तरिक उडान हुन नसक्दा विमानस्थलको डोमेस्टिक टर्मिनलमा यात्रुको घुइँचो लागेको छ ।

काठमाडौंको मौसममा कुनै समस्या नभए पनि बाहिरको मौसममा खराबी भएका कारण उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले उ जानकारी दिए ।
मौसम सफा नभएका कारणले लुक्लाका लागि उडेका सबै एयरलाइन्सका उडान डाइभर्ट गरिएको प्रवक्ता ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्