समता माइक्रोफाइनान्सले जारी गर्ने भयो ५० प्रतिशत हकप्रद

काठमाडौं । समता माइक्रोफाइनान्सले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । लघुवित्तले दुर्इ बराबर एक अनुपातमा एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीको गत मंसिर १६ गते सम्पन्न चौथो बार्षिक साधारण सभाले पारित गरेको थियो ।

गत बर्षको नाफाबाट २० प्रतिशत बोनस वितरण गरेको लघुवित्तको चुक्ता पूँजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्